२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

सुत्केरीको मृत्यु भएपछि शिवनगर स्वास्थ्य चौकी तनावग्रस्त

shivam cement
ओमप्रकाश यादव
२०८१ भदौ २१ गते १२:४८
सुत्केरीको मृत्यु भएपछि शिवनगर स्वास्थ्य चौकी तनावग्रस्त

रौतहट : रौतहटको गरुडा नगरपालिका-५ स्थित शिवनगर स्वास्थ्य चौकीको अवस्था अहिले तनावग्रस्त बनेको छ । एक जना सुत्केरी महिलाको मृत्यु भएको विषयलाई लिएर अहिले स्वास्थ्य चौकी शिवनगरको अवस्था तनावग्रस्त बनेको हो । 

स्वास्थ्य चौकीको लापरबाहीले सुत्केरीको ज्यान गएको भन्दै पीडित परिवारले चौकी घेरेपछि ठूलो संख्यामा अहिले नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

शल्यक्रियाद्वारा सो स्वास्थ्य संस्थामा बिहीबार राति एक महिलाले बच्चा जन्माएकी थिइन्, तर बच्चा जनमाएको केही घण्टामै ती महिलाको मृत्यु भएको बताइएको छ । चिकित्सकको लापरबाहीले शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर शिवनगरबाट वीरगञ्ज लैजाने क्रममा ती महिलाको मृत्यु भएको भन्दै पीडित परिवार र उनका आफन्तहरुले स्वास्थ्य चौकी शिवनगर अगाडि शव राखेर दोषी चिकित्सकलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएको प्रहरीले जनाएको छ ।

शल्यक्रिया गर्दा चिकित्सकले सावधानी नअपनाएर जथाभावी चिरेका कारण अत्यधिक मात्रामा शरीरबाट रगत बगेर रगतको अभावमा महिलाको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही तथा उचित क्षतिपूर्तिको माग गरेका छन् ।

घटनाको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक विनोद श्रेष्ठले थप क्षति हुन नदिन ठूलो संख्यामा अहिले अस्पताल अगाडि प्रहरी परिचालन गरिएको जानकारी दिए ।

एक महिनाअघि पनि उक्त स्वास्थ्य चौकीमा बच्चा जन्माएकी एक महिलाको अत्यधिक रक्तस्रावकै कारण मृत्यु भएको बताइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise