२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

संघद्वारा जाजरकोटका अग्नी पीडितलाई सहयोग

shivam cement
२०८२ असार ७ गते ०६:२५
संघद्वारा जाजरकोटका अग्नी पीडितलाई सहयोग

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जाजरकोटका अग्नी पीडितहरूलाई करिब २ लाख रुपैयाँको सहयोग प्रदान गरेको  छ । संघका अध्यक्ष भुवनसिंह गुरुङले शुक्रबार संघमा आयोजित एक  सक्षिप्त कार्यक्रममा रिता देवी जनएकता फाउन्डेसनकी अध्यक्ष रिता शाहीलाई १ लाख ७६ हजार ५४५ रुपैयाँको चेक हस्तान्तरण गरे ।

अध्यक्ष गुरुङले अग्नी पीडितहरूको पीडामा राहत पुर्‍याउन उक्त फाउन्डेसनमार्फत सहयोग पठाएको बताए । अध्यक्ष शाहीले संघले प्रदान गरेको राहत अग्नी पीडित जाजरकोटबासीका लागि ठूलो राहत हुने भन्दै अग्नी पीडितहरूका तर्फबाट आभार व्यक्त गरिन् ।

उक्त सहयोग सघंको व्यानरमा वितरण गर्ने सहमतीमा फाउन्डेसनमार्फत प्रदान गरिने बुझिएको छ ।

गत जेठ २४ गते बुढीगंगा नगरपालिका–६ साफे मार्तडी सडकखण्डमा पर्ने बाम्का बजारमा  आगलागी हुँदा ४० घर परिवार विस्थापित भएका थिए भने २० करोड बढीको क्षति भएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा संघका कार्यवाहक महासचिव कुन्छादोर्जे दिमदोङलगायत कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise