२०८३ मंसिर १० गते बिहिवार / Nov 26 , 2026 , Thursday
२०८३ मंसिर १० गते बिहिवार

दुई पूर्वमन्त्रीसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत काठमाडौँले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका प्रतिवादीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो ।

Nada
२०८३ मंसिर १० गते १९:२२
Shares
दुई पूर्वमन्त्रीसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ : मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहितका प्रतिवादीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका प्रतिवादीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो ।

बिहीबार अदालतले दिएको आदेशसँगै प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाउने भएको छ । यसअघि अदालतले उनीहरूलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । 

उक्त म्याद सकिएपछि सीआईबीले अनुसन्धानका लागि थप समय माग गर्दै अदालतमा निवेदन दिएको थियो । अदालतको पछिल्लो आदेशपछि अब प्रहरीले थप पाँच दिनसम्म उनीहरूमाथि अनुसन्धान गर्न पाउनेछ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर