२०८३ मंसिर १० गते बिहिवार / Nov 26 , 2026 , Thursday
२०८३ मंसिर १० गते बिहिवार

प्रधानमन्त्री शाह र रवि लामिछानेबीच पाँच घण्टा छलफल

भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए ।

Nada
२०८३ मंसिर १० गते १८:५१
Shares
प्रधानमन्त्री शाह र रवि लामिछानेबीच पाँच घण्टा छलफल

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार सरकार सञ्चालन, आगामी निर्वाचन तथा संसदीय गतिविधिलगायतका विषयमा छलफल भएको छ ।

सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटवार्ता करिब पाँच घण्टा चलेको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए ।

दुवै नेताबीच मन्त्री तथा मन्त्रालयको कार्यसम्पादन र सरकारका कामकारबाहीका विषयमा पनि छलफल भएको छ । भेटमा आगामी निर्वाचन र त्यसका लागि आवश्यक तयारीका साथै पार्टीले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियानबारे कुराकानी भएको जनाइएको छ । त्यस्तै, अध्यादेश तथा आगामी संसद् अधिवेशनका विषयमा समेत दुई नेताबीच छलफल भएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर