२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

स्थानीय निर्वाचनमा प्रतिनिधिसभाको जस्तो राजनीतिक हुरी चल्दैन : प्रचण्ड

Nada
२०८३ मंसिर ८ गते १७:५२
Shares
स्थानीय निर्वाचनमा प्रतिनिधिसभाको जस्तो राजनीतिक हुरी चल्दैन : प्रचण्ड

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरी नचल्ने बताएका छन् ।

मंगलबार तनहुँमा पार्टीको जागरण अभियानअन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले स्थानीय निर्वाचनमा उम्मेदवारको इतिहास, पृष्ठभूमि र कार्यसम्पादनका आधारमा मतदाताले मतदान गर्ने बताए ।

नयाँ राजनीतिक दलका गतिविधिबारे गाउँघरका नागरिकले समेत विस्तारै बुझ्दै गएको उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनको तयारीमा सक्रिय हुन आग्रह गरे ।

स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याउन सके देश पुनः क्रान्तिको दिशामा अघि बढ्ने उनको दाबी थियो । कार्यकर्ताको सक्रियता बढाउन सके आगामी निर्वाचनमा पार्टीले थप सिट जित्ने विश्वाससमेत उनले व्यक्त गरे ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर