२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

कोप-३१ का उपलब्धिबारे सभामुखलाई मन्त्री चौधरीको ब्रिफिङ

Nada
२०८३ मंसिर ८ गते १८:००
Shares
कोप-३१ का उपलब्धिबारे सभामुखलाई मन्त्री चौधरीको ब्रिफिङ

काठमाडौँ : कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपालले उठाएका मुद्दा र हासिल गरेका उपलब्धिबारे प्रतिनिधिसभाका सभामुख डीपी अर्याललाई जानकारी गराएकी छन् ।

सभामुख अर्यालसँगको भेटवार्तामा मन्त्री चौधरीले टर्कीको अन्ताल्यामा सम्पन्न सम्मेलनमा नेपालको सहभागिता र प्राथमिकताका विषयमा जानकारी गराएकी हुन् ।

भेटका क्रममा उनले हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय, जलवायु वित्त तथा जलवायु परिवर्तनबाट हुने हानि र नोक्सानीको क्षतिपूर्तिका सम्बन्धमा सम्मेलनमा नेपालले उठाएका विषयबारे अवगत गराइन् ।

मन्त्री चौधरीले पर्वतीय मुलुकका साझा सवालमा सम्मेलनका क्रममा भएका छलफल तथा नेपालले गरेका कूटनीतिक पहलबारे समेत सभामुख अर्याललाई जानकारी गराएकी थिइन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर