२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

अर्थसम्बन्धी विधेयक समितिबाट सर्वसम्मतिले पारित

Nada
२०८३ मंसिर ८ गते १८:३८
Shares
अर्थसम्बन्धी विधेयक समितिबाट सर्वसम्मतिले पारित

काठमाडौँ : अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक, २०८३ प्रतिनिधिसभाको अर्थ समितिबाट सर्वसम्मतिले पारित भएको छ ।

समितिको आज बसेको बैठकमा विधेयकमाथि दफावार छलफल सम्पन्न गर्दै आवश्यक संशोधनसहित सर्वसम्मतिले पारित गरिएको हो ।अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले विधेयकका विभिन्न दफामाथि विस्तृत छलफल गरी आवश्यक संशोधनसहित पारित गरिएको जानकारी दिए ।

उनका अनुसार विधेयकमा राजस्व प्रशासनको आधुनिकीकरण, कर तथा भन्सार प्रणालीमा सुधार, राजस्व चुहावट नियन्त्रण र गैरकर राजस्व व्यवस्थापनलगायत विषय समेटिएका छन् । त्यसैगरी आर्थिक गतिविधिमा सहजीकरण गर्ने र समयसापेक्ष नरहेका कानुनी व्यवस्था खारेज गर्ने प्रावधान पनि विधेयकमा राखिएको छ ।

विधेयकले राजस्व प्रशासनलाई थप पारदर्शी, प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिएको समितिले जनाएको छ ।
समितिले विधेयकमाथिको दफावार छलफल सम्पन्न गरी सर्वसम्मतिले पारित गरेसँगै विधेयकसम्बन्धी प्रतिवेदन तयार पारेर आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशन दिएको छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत सहभागी थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर