२०८३ मंसिर १० गते बिहिवार / Nov 26 , 2026 , Thursday
२०८३ मंसिर १० गते बिहिवार

ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

Nada
२०८३ मंसिर १० गते १९:२७
Shares
ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ : ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालतले ईनम सापकोटा, महेश श्रेष्ठ र सुशील भट्टलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीका अनुसार ईनमसँगको कनेक्सन देखिएपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए । श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

ईनमविरुद्ध प्रहरीले राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, महेश श्रेष्ठ र सुशील भट्टविरुद्ध भने सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग कनेक्सन देखिएपछि प्रहरीले सबैभन्दा पहिले ईनम सापकोटालाई पक्राउ गरेको थियो । त्यसपछि अनुसन्धानका क्रममा अन्य दुई जनालाई समेत पक्राउ गरिएको हो ।

अदालतबाट म्याद थप भएसँगै प्रहरीले तीनै जनामाथि थप अनुसन्धान अघि बढाउने भएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर