२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

विदेशी विनिमय सञ्चितिले बलियो बन्यो अर्थतन्त्र

shivam cement
छबि सापकोटा
२०८१ भदौ ३ गते ०६:४५
विदेशी विनिमय सञ्चितिले बलियो बन्यो अर्थतन्त्र

काठमाडौं : विदेशी विनियम निरन्तर बढ्दै जाँदा मुलुकको अर्थतन्त्र बलियो भनेको छ । दुई वर्ष अघि  २०७९ जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड रहेको बिदेशी सञ्चिती अहिले २० खर्ब ४१ करोड पुगेको छ । दुई वर्ष अघि सात महिनालाई मात्र धान्ने विदेशी सञ्चिति हुँदा देश श्रीलंका बन्ने खतरा बढेको भन्दै आयातमा कडाई गरिएको थियो ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति बढाउन अत्यावश्यक वस्तु तथा सेवा बाहेकको आयातमा कडाई गर्नु परेको थियो । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले बढेर २०८१ असार मसान्तसम्ममा २० खर्ब ४१ अर्ब १० करोड पुगेको हो । अमेरिकी डलरमा विदेशी सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ अर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ असार मसान्तमा ३७.४ प्रतिशतले बढेर १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले घटेर १ खर्व ९२ अर्ब ५५ करोड पुगेको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

दुई वर्ष अघि सात महिनालाई मात्र वस्तु तथा सेवा आयात धान्न सक्ने नेपालको अर्थतन्त्र अहिले दोब्बरले सञ्चिति बढेको छ । आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने भएको छ । २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनको ३५.८ प्रतिशत रहेको छ । 

यस्तै समीक्षा वर्षमा शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ अर्ब ८५अर्ब ८२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ३ अर्ब ७७ करोडले बचतमा रहेको छ । विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थिति बढ्दा नेपालको अर्थतन्त्र सबल बन्दै गएको छ । 

दुई वर्ष अघि मुलक संकटमा जाने हो की भन्ने चिन्ताले अर्थतन्त्र समेत मन्दीमा गएको थियो । अहिले अर्थतन्त्र बलियो बन्दा मन्दीमा रहेको अर्थतन्त्रलाई माथि ल्याउन सहयोग गर्ने देखिन्छ ।

ADV

सम्बन्धित खबर

Advertise