
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ स्थित जनविकास आधारभूत विद्यालयमा कार्यरत शिक्षक रामप्रसाद केसीले विद्यालयको अक्षय कोषमा ४१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक हरिप्रसाद धितालका अनुसार उक्त रकम हालै कोषमा जम्मा गरिएको हो । उनले सहयोगका लागि शिक्षक केसीप्रति आभार व्यक्त गरेका छन् ।
विद्यालयले सञ्चालन गरेको अक्षय कोषबाट अति गरिब, विपन्न तथा अपाङ्गता भएका विद्यार्थीलाई एक वर्षसम्म छात्रवृत्ति प्रदान गरिने व्यवस्था गरिएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन सहयोग पुर्याउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
शिक्षक केसी हालै सल्यानबाट सरुवा भएर उक्त विद्यालयमा आएका हुन् ।