२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

नयाँपाटीमा रहेको एक धागो उद्योगमा आगलागी

मध्यान्ह
२०८१ साउन २५ गते १८:४१
नयाँपाटीमा रहेको एक धागो उद्योगमा आगलागी

काठमाडौं : काठमाडौंको नयाँपाटीमा रहेको एक धागो उद्योगमा आगलागी भएको छ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा रहेको  एक धागो फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ओखलढुङगा स्थायी घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजल भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीले सञ्चालन गरेको मनकामना धागो कारखानामा आगलागी भएको हो ।

दिउँसो साढे ४ बजेबाट धागो फ्याक्ट्रीमा लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर