२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

रास्कोटका दुई वटा वडा बालविवाह मुक्त वडा घोषणा

Nada
कमल कुमाल
२०८१ जेठ २६ गते १६:३०
Shares
रास्कोटका दुई वटा वडा बालविवाह मुक्त वडा घोषणा

कालीकोट : कालीकोटको रास्कोट नगरपालिका वडा नम्बर ४ र ९ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । लामो समयदेखि कालीकोटको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा परियोजनामार्फत समाज रुपान्तरणका निमित्त काम गर्दै आइरहेका स्थानीय गैरसरकारी संस्था सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल र मानअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालको परियोजना‍अन्तर्गत रास्कोट नगरपालिका ४ र ९ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

ncell

बालविवाह मुक्त वडा घोषण कार्यक्रममा बोल्दै सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल कालीकोटका मूल्यांकन अधिकृत नमराज योगीले रास्कोटको आमूल परिवर्तनमा विशेष भूमिका खेल्ने सामाजिक संघसंस्थाहरुलाई धन्यवाद दिँदै सामाजिक संस्कार र सामाजिक परम्पराको अन्त्य गर्दै बालविवाह रोकथाम, बालश्रम न्यूनीकरण, लैंगिक हिंसा तथा छुवाछुत मुक्त समाज निर्माणका लागि स्थानीय सरकार निरन्तर लागिपर्ने बताए ।

हुरेन्डेडक नेपाल कालीकोटका संयोजक डम्बर बहोराले सानै उमेरमा बालविवाह गर्दा स्वास्थ्य अवस्थामा आउने समस्यालाई मध्यनजर गर्दै यस्ताखालका विकृति विसंगती हुन नदिन र यस्लाई समयमै उन्मूलन गर्न संघसंस्थासँगै स्थानीय सरकार एकजुट भएर लागिपरेको बताए ।

वडा नम्बर ९ का वडा अध्यक्ष धनबहादुर धामीको अध्यक्षता, रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीको प्रमुख आतिथ्यता, उपप्रमुख मनिराज बरालको विशेष आतिथ्यता तथा  सबै सरोकारवालाको उपस्थितिमा वडा नं ४ र ९ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

ताजा खबर

सम्बन्धित खबर