२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मोटरसाइकल दुर्घटनामा परी क्रिकेट खेलाडी थापाको मृत्यु 

Nada
२०८२ पुष १० गते १०:२२
Shares
मोटरसाइकल दुर्घटनामा परी क्रिकेट खेलाडी थापाको मृत्यु 

काठमाडौँ : मोरङको विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा कोशी प्रदेशका राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ ।

ncell

बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार उनले चलाएको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर उनी घाइते भएका थिए ।

घाइते थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइए पनि राति साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर