२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

अरब कपको उपाधि मोरोक्कोलाई

Nada
तिलु शर्मा पौडेल
२०८२ पुष ४ गते २०:१५
Shares
अरब कपको उपाधि मोरोक्कोलाई

दोहा कतार : अरब कपको ११औं संस्करणको फाइनल हुने दिनभरि कतार झरीका कारण चिसो मौसममा परिणत भए पनि लुसेल रंगशाला भने गर्माएको थियो ।  लुसेल रंगशालामा बिहीबार राति सम्पन्न अरब कपको फाइनल खेलमा मोरोक्कोले जोर्डनलाई ३-२ गोल अन्तरले हराउँदै दोस्रो पटक अरब कपको उपाधि चुमेको हो ।

ncell

कतारको राष्ट्रिय दिवसको अवसर पारेर सम्पन्न गरिएको अरब कपको रोमाञ्चक फाइनल खेलमा मोरोक्कोलाई तन्न्नानेले खेलको चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । जोर्डनका ओल्वानले खेलको ४८औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।

त्यस्तै ह्यान्डबलमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ओल्वानले नै गोल गर्दा जोर्डनले खेल आफ्नो पोल्टामा पार्‍यो । तर मोरोक्कोका हमेद अल्लाहले खेलको ८८ र अतिरिक्त समयको १००औं मिनेटमा गोल फर्काउँदै जित आफ्नो हातमा पार्न सफल भए ।


 

ताजा खबर

सम्बन्धित खबर