२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि

Nada
२०८२ मंसिर २७ गते १८:२६
Shares
लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि

काठमाडौं : बलिङमा कप्तान रोहितकुमार पौडेल र ब्याटिङमा दीनेश अधिकारीको उत्कृष्ट प्रदर्शनमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको च्याम्पियन बन्यो ।

ncell

सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामा सीमित रह्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले नौ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो। दीनेशले १३ बलमा ३२३ स्ट्राइकरेटसहित ४२ रन बनाए, जबकि डार्सी शर्टले १४ रन जोडे ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक लिएर सुदूरपश्चिमको ब्याटिङ तहसनहस बनाएका थिए । रोहितले ४ विकेट लिएर १२ रन खर्चे, शेर मल्ल र रुबेन ट्रम्पेलमनले पनि ३–३ विकेट लिए ।

सुदूरपश्चिमका ओपनर इशान पाण्डेले ३३ रन बनाए, तर अन्य ब्याटरले ठुलो योगदान गर्न सकेनन् ।

लुम्बिनीले लिग चरणमा चौथो स्थानमा रहँदै प्लेअफ यात्रा सुरु गरेको थियो र क्रमशः काठमाण्डू गोर्खाज र विराटनगर किंग्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । सुदूरपश्चिम भने लिग शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो ।

सम्बन्धित खबर