२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एनपिएल : टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स

Nada
२०८२ मंसिर २७ गते १५:५६
Shares
एनपिएल : टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि भिडन्तमा आज लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ ।

ncell

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै भएको टसमा  सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला ब्याटिङ रोजेको छ । पहिलो पटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने भएका छन् ।

यो संस्करणको लिगमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर सिँधै फाइनल पुगेको हो । सुदूरपश्चिमको एनपिएलको फाइनमा दोस्रो पटक पुगेको हो । पहिलो संस्करणमा सुदूरपश्चिम फाइनमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । लुम्बिनी लायन्स भने पहिलो पटक प्लेअफ पुगेर फाइनलसम्मको यात्रा तय गरेको हो । 

सुदूरपश्चिमको प्लेइङ ११ मा कप्तान दीपेन्द्रसिंह ऐरीसहित आरिफ शेख, अभिनाश बोहरा, इशान पाण्डे, दीपक बोहरा, विनोद भण्डारी, हेमन्त धाँमी, हरमित सिंह, सेलडन ज्याक्सन, स्कट कुगेलिइन र पुनित मेहरा छन् ।

त्यसै गरी, लुम्बिनी लायन्सको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, अभिषेक गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, मोविन शुभसिंहा, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला (विकेट किपर) र डार्सी शर्ट छन् ।

सम्बन्धित खबर