२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एनपिएल: लुम्बिनी र विराटनगर भिड्दै

Nada
२०८२ मंसिर २५ गते ०९:०७
Shares
एनपिएल: लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै छन् ।

ncell

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ ।

लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो । आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ । फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

सम्बन्धित खबर