२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

३० करोड लागतमा ‘द ग्रेट लभ भिलेज’ निर्माण सुरु

Nada
शहबाज खान
२०८२ मंसिर २२ गते २१:२१
Shares
३० करोड लागतमा ‘द ग्रेट लभ भिलेज’ निर्माण सुरु

कपिलवस्तु : कपिलवस्तु नगरपालिका–६ बर्मेली क्षेत्रमा ३० करोड रुपैयाँभन्दा बढी लागतमा ‘द ग्रेट लभ भिलेज’ निर्माण प्रक्रिया सुरु भएको छ । उक्त परियोजना सामाजिक तथा शैक्षिक पूर्वाधार सुदृढीकरण गर्ने उद्देश्यले अगाडि बढाइएको हो । 

ncell

यो भिलेज चुजी चेरेटी फाउन्डेशनमार्फत निर्माण गरिन लागेको हो । परियोजनाका लागि चक्रज्योती शाक्य अध्यक्ष रहेको चुजी गुठी ट्रस्टमार्फत बर्मेली क्षेत्रमा ५५ कठ्ठा जग्गा खरिद कार्य समेत सम्पन्न भइसकेको संस्थाका स्वयंसेवक तथा मध्यस्थकर्ता राकेश त्रिपाठीले जानकारी दिए । 

भिलेज निर्माणलाई औपचारिकता दिन आइतबार चुजी फाउन्डेशनकी उपाध्यक्ष भिपिलिन र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

प्रस्तावित ‘द ग्रेट लभ भिलेज’मा ४ सय जनासम्म अट्ने बहुउद्देश्यीय सामुदायिक केन्द्र, एउटा आधारभूत विद्यालय र एउटा स्वास्थ्य चौकी निर्माण गरिने योजना रहेको छ ।

यसका साथै बर्मेली आसपास बसोबास गर्दै आएका करिब ५० जना सुकुम्बासीहरूको व्यवस्थापनको तयारी समेत भइरहेको मध्यस्थकर्ता त्रिपाठीले बताए ।

ताजा खबर

सम्बन्धित खबर