२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एनपिएल : सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य

Nada
२०८२ मंसिर २० गते १४:०४
Shares
एनपिएल : सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य

काठमाडौं : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई १४८ रनको लक्ष्य दिएको छ । 

ncell

कीर्तिपुरस्थित रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४७ रन बनायो । आरिफ शेखले सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन जोडे । विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन र प्रतिश जिसीले दुई विकेट हात पारे ।

सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अंक जोड्दै पहिलो क्वालिफायरमा पुगिसकेको छ । आठ अंकसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जीत आवश्यक छ ।

राम्रो रनरेटका साथ जीत निकाले सुदूरपश्चिमसँग नै विराटनगरले पहिलो क्वालिफायरमा खेल्नेछ । अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ । त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम  र काठमाडौं गोर्खाज भिड्नेछन् । आजै अपराह्न ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित खबर