२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक

Nada
२०८२ मंसिर २० गते १२:१६
Shares
फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक

काठमाडौँ : सन् २०२६ को जुनदेखि सुरू हुने फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक भएको छ । अमेरिकाको वाशिंगटन डिसीस्थित केनेडी सेन्टरमा शुक्रबार राति सम्पन्न विश्वकपको समूह चरणको ड्र मा ४८ देशलाई १२ समूहमा विभाजन गरिएको छ ।

ncell

अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने यो विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् । जसमा ४२ देशको टुंगो लागेको छ भने ६ देश प्लेअफ मार्फत छानिने छन् ।

प्रतियोगितामा सबैभन्दा ठूलो टक्कर समूह ‘आई’ मा देखिन सक्ने अनुमान गरिएको छ । यो समूहमा फ्रान्सलाई नर्वेका साथ राखिएको छ । समूह ‘आई’ मा सेनेगल पनि परेको छ ।

साविक विजेता अर्जेन्टिना समूह ‘जे’ मा राखिएको छ । ब्राजिलले समूह ‘सी’ मा स्कटल्यान्ड र मोरक्कोजस्ता टिमको सामना गर्नुपर्ने छ ।

आयोजक अमेरिकालाई समूह ‘डी’ मा अस्ट्रेलिया र पराग्वेजस्ता प्रतिद्वन्द्वी मिलेका छन् ।

कुन समूहमा कुन देश?

समूह ए : मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया (प्लेअफ डीको विजेता)

समूह बी : क्यानडा (प्लेअफ एको विजेता), कतार, स्विट्जरल्यान्ड 

समूह सी : ब्राजिल, मोरक्को, हाइटी, स्कटल्यान्ड 

समूह डी : अमेरिका, पाराग्वे, अस्ट्रेलिया (प्लेअफ सीको विजेता)

समूह ई : जर्मनी, कुराकाओ, आइभरी कोस्ट, इक्वेडर

समूह एफ : नेदरल्यान्ड्स, जापान (प्लेअफ बीको विजेता), ट्युनिसिया

समूह जी : बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड 

समूह एच : स्पेन, केप भर्डे, साउदी अरेबिया, उरुग्वे

समूह आई : फ्रान्स, सेनेगल (प्लेअफ २ को विजेता), नर्वे

समूह जे : अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन

समूह के: पोर्चुगल (प्लेअफ १ को विजेता), कोलम्बिया, उज्बेकिस्तान

समूह एल: इङ्गल्यान्ड, क्रोएसिया, घाना, पानामा

विश्वकप २०२६ आगामी ११ जुन देखि १९ जुलाइसम्म हुनेछ ।

सम्बन्धित खबर