२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

जनपुरले लुम्बिनीलाई दियो १ सय ३३ रनको लक्ष्य

Nada
२०८२ मंसिर १९ गते १८:२०
Shares
जनपुरले लुम्बिनीलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ सय ३३ रनको लक्ष्य दिएको छ ।

ncell

त्रिभुवन विश्वविद्यालय  अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १ सय ३२ रन बनायो ।

जसमा संगीथ कुरेले सर्वाधिक ४५, मयन यादवले २७, आशिफ शेखले २० रनको योगदान गरे । लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले दुई–दुई विकेट झारे ।

छ खेलबाट छ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ ।  लुम्बिनीले जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छ । यदि यो खेल जनकपुरले जितेमा अंकतालिका रोमाञ्चक हुनेछ । जनकपुरको हालसम्म पाँच खेलबाट दुई अंकमात्र छ । जितेको खण्डमा चार अंक हुनेछ ।  त्यसपछि अन्तिम खेल बाँकी रहँदा सबै टोलीको प्रतिस्पर्धा बढ्नेछ ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अंकका साथ पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ । काठमाडौं गोर्खाज र विराटनगर किङ्स प्लेअफमा सुरक्षित छन् । कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ । मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

सम्बन्धित खबर