२०८३ कार्तिक १५ गते आइतवार / Nov 01 , 2026 , Sunday
२०८३ कार्तिक १५ गते आइतवार

विदेश पठाउने भन्दै ठग्ने दुई पक्राउ 

Nada
२०८२ मंसिर १८ गते ०८:१९
Shares
विदेश पठाउने भन्दै ठग्ने दुई पक्राउ 

काठमाडौं : अल्बानिया, अजरबैजान, मेसोडोनिया सर्वियालगायतका देशमा वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको उजुरीमा प्रहरीले दुई जना पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीका लागि अल्बानिया, अजरबैजान, मेसोडोनिया सर्बियालगायतका विभिन्न देशहरूमा पठाइदिने भनी १ करोड २५ लाख ७८ हजार ८ सय ठगी गरेको उजुरीका आधारमा चितवन कालिका घर भई हाल ललितपुर बस्दै आएका श्यामचन्द्र अधिकारीलाई पक्राउ गरेको हो । उनले ६ जनाबाट सो रकम ठगेको उजुरी परेको प्रहरीले बताएको छ ।

त्यस्तै, अल्बानिया पठाउने भन्दै चार जनाबाट ३ लाख ८० हजार लिएर सम्पर्कविहीन भएको उजुरीमा सर्लाही ब्रह्मपुरीका चन्द्रभूषण प्रसाद पक्राउ परेका छन् । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम असुल गरी सम्पर्कविहीन हुने क्रम बढेको प्रहरीले बताएको छ । केही दिनअघि प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिन्छु भनी १४ करोड १३ ठगी गरेको उजुरीका आधारमा मकवानपुर हेटौंडा स्थायी घर भई हाल ललितपुर बस्दै आएका शम्भु दयाल अग्रवाललाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेकालाई वैदेशिक रोजगार ऐनअनुसार अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाउने गरेको छ । तर विभागले ठगीका उजुरीको अनुपातमा जनशक्ति कम रहेकोे भन्दै थप जनशक्तिको माग गर्दै आएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर