२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एनपिएल : अर्धशतकको संख्या २६ पुग्यो

Nada
२०८२ मंसिर १६ गते १८:१६
Shares
एनपिएल : अर्धशतकको संख्या २६ पुग्यो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको संख्या २६ पुगेको छ ।

ncell

पोखरा एभेन्जर्सका एडम रोसिङटनले आज ५० रन पूरा गरेसँगै अर्धशतकको संख्या २६ पुगेको हो । एडम अर्धशतक पूरा गर्ने २१औं खेलाडीसमेत बनेका छन् । जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो ।

यसअघि जारी सिजनमा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटन र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, इशान पाण्डे, विराटनगर किंगसका  लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका  सुमित बर्माले, जिमी निशम, चितवनका  डेविड मलान र अर्जुन साउँद, काठमाडौं गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका अनिल शाह, वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् । 

कर्णालीका मार्क वाट जारी प्रतियोगितामा शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन् । –रासस 

सम्बन्धित खबर