२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट

Nada
२०८२ मंसिर १३ गते १४:२१
Shares
नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट

काठमाडौं : नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट भएको छ । नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको हो । 

ncell

संयुक्त अरब इमिरेट्स (यूएई)को अजमान मैदानमा मलेसियाले दिएको  ५२ रनको लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका वंश क्षेत्रीले अविजित २३ र निश्चल क्षेत्रीले अविजित १५ रन बनाए । 

मलेसियाका मोहम्मद अक्रामले एक  विकेट हात पारे । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भयो । उसका लागि हमजाह पंगीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि नितिस कुमार पटेलले चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले एक÷एक विकेट लिए । 

कूल १४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट शीर्ष तीन टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् । यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।

ताजा खबर

सम्बन्धित खबर