२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एनपिएल : विराटनगर टस जितेर बलिङमा

Nada
२०८२ मंसिर ६ गते १६:२१
Shares
एनपिएल : विराटनगर टस जितेर बलिङमा

काठमाडौं : यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्स भिड्दै छन् । 

ncell

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय  क्रिकेट रंगशालामा विराटनगरले टस जितेर बलिङ रोजेको छ । करण केसीको कप्तानीमा काठमाडौं गोर्खाज विराटनगरसँग खेल्न लागेको हो । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग हारेकोे थियो । 

सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर