२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई

Nada
२०८२ कार्तिक २२ गते १३:५७
Shares
राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई

नेपालगन्ज : दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि करण नेपाली र आयुसासिंह ठकुरीले जितेका छन् ।

ncell

शनिवार राप्तीसोनारीको मदुवामा भएको राप्तीसोनारी नेचर रनको दोस्रो संस्करणमा छात्रतर्फ नविनप्रसाद जोशी दोस्रो र प्रिन्स थारु तेस्रो भए । रामबहादुर विक, सुशान्त पुनमगर, दिपेन्द्र बस्खोर, रोहित दहित, समिर थारु, विशाल सुनार, आशीक थारु शीर्ष दशभित्र अटाए ।

त्यसैगरी छात्रातर्फ अनिसा थारु दोस्रो र अन्चल कुमारी थारु तेस्रो भए । मिना विष्ट, अन्जु सुनार, अनुजा थारु, सन्जु थारु, रन्जिता चौधरी, निस्मा थारु, रामकुमारी थारुले शीर्ष दशभित्र स्थान बनाए ।

पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद  पाँच हजार, तीन हजार र एक हजार तथा पदकले पुरस्कृत गरियो । विजयी खेलाडीलाई राप्तीसोनारी गाउँपालिकाका कार्यवाहक अध्यक्ष मिनराज खड्का, वडा नं. ५ का अध्यक्ष झगरु थारु, वडा नं. २ का कार्यवाहक अध्यक्ष दीपबहादुर बुढाथोकी, राप्तीसोनारी खेलकुद विकास समितिका संयोजक तेजबहादुर सुवेदी, मधु सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर केसी, राष्ट्रिय खेलाडी वालकृष्ण चौधरी र तीर्थ ओली लगायतले पुरस्कार वितरण गरे । कार्यवाहक अध्यक्ष खड्काले राप्ती सोनारी नेचर रनलाई गाउँ पालिकाको वार्षिक कार्ययोजनामा सम्वोधन गर्ने र सबै नौ वटै पालिकाले यस कार्यक्रममा आर्थिकलगायत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

करिब एक सय ३० जनाले भाग लिएको दौडबाट शीर्ष दश जनालाई यही मंसिर ६ गते शनिवार हुने ११औं धारा नेपालगन्ज म्याराथनमा स्वतः भाग लिन पाउनेगरी पुस्कृत गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी गराए । धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गत असोजमा गौघाट ग्रीन रन गरिएको थियो । काठमाडौं २५ के हेरिटेज रेस, नेपालगन्ज १० नाइट रन, कर्णाली हाफ म्याराथन समेत नेपालगन्ज म्याराथनकै भगिनी इभेन्टका रुपमा सन्चालित छन् ।

एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को वार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षित गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको हो ।

ताजा खबर

सम्बन्धित खबर