२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

कार दुर्घटना हुँदा पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष बन्जारा घाइते

सत्येन्द्र प्रताप सिंह
२०८१ साउन ७ गते १६:५८
कार दुर्घटना हुँदा पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष बन्जारा घाइते

रौतहट : नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा सवार कार दुर्घटनामा परेको छ । बाराको सिमराबाट वीरगञ्ज जाँदै गरेको प्र.३-०१-०२४ छ १८६५ नम्बरको कारलाई त्यही दिशाबाट वीरगञ्ज जाँदै गरेको मालबाहक ट्रकले ठक्कर दिँदा कारमा सवार बन्जारासहित दुई जना घाइते भएका छन् ।

टायर पड्किएर अनियन्त्रित हुँदा ट्रकले कारलाई ठक्कर दिएको हो । ट्रक चालकसहित ट्रक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ADV

सम्बन्धित खबर