२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

जेनजीलाई संयमित हुन बालेनको आव्हान, संसद् विघटन र सेना प्रमुखसँग संवादको सर्त  

shivam cement
मध्यान्ह
२०८२ भदौ २४ गते १५:३२
जेनजीलाई संयमित हुन बालेनको आव्हान, संसद् विघटन र सेना प्रमुखसँग संवादको सर्त  

काठमाडौँ महानगरका मेयर बालेन साहले प्रधानमन्त्रीले राजीनामा गरिसकेकाले संयमित हुन आन्दोलनरत जेनजी पुस्तासँग आग्रह गरेका छन् । साथै, अब देशको नेतृत्व जेनजी पुस्ताले नै गर्नुपर्ने उल्लेख गर्दै सेना प्रमुखसँग संवाद गर्न तयार रहन भनेका छन् । त्यसका लागि संसद् विघटन भएको हुनुपर्ने सर्त अघि सारेका छन् । 
उनले समाजिक सञ्जालमा भनेका छन्, 
हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।
प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि  तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

 

ADV

सम्बन्धित खबर

Advertise