२०८२ भदौ १७ गते मङ्गलवार / Sep 02 , 2025 , Tuesday
२०८२ भदौ १७ गते मङ्गलवार
Ads

स्थानीय तहका महिला जनप्रतिनिधिहरू सक्षम छन् : अष्टलक्ष्मी शाक्य

shivam cement
मध्यान्ह
२०८२ भदौ १७ गते १४:१३
स्थानीय तहका महिला जनप्रतिनिधिहरू सक्षम छन् : अष्टलक्ष्मी शाक्य

काठमाडौं : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तहका महिला जनप्रतिनिधिहरू सक्षम रहेको बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित प्रेरणादायी महिला जनप्रतिनिधिबारे आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेकी हुन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूको मूल्यांकन गर्ने परिपाटी अझै बन्न नसकेपनि त्यस क्षेत्रको विकासमा महिला जनप्रतिनिधिहरूले देखाएको आँट, हिम्मत र सोच प्रशंशायोग्य रहेको उपाध्यक्ष शाक्यको निष्कर्ष थियो । उनले मुलुकलाई समृद्ध बनाउनका लागि महिलाहरूको नेतृत्व स्थापित गराउन जरुरी रहेको पनि बताइन् ।

सञ्चारमाध्यमहरूले पनि महिलाहरूलाई अघि बढाउने काममा सहयोग गर्न पनि उपाध्यक्ष शाक्यले आग्रह गरिन् । उनले आफू विस्तारै राजनीतिबाट रिटायर हुने अवस्थामा पुगेपनि महिलाहरू त्यस क्षेत्रमा अघि बढ्न सक्षम भएको आफूले पाएको पनि बताइन् ।

उपाध्यक्ष शाक्यले समाजलाई विभेदमुक्त बनाउन पनि महिलाहरूको नेतृत्व आवश्यक रहेको जिकिर समेत गरिन् ।

ADV

सम्बन्धित खबर

Advertise