२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

shivam cement
मध्यान्ह
२०८२ भदौ १० गते १३:१५
ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई अघि सार्ने निर्णय गरेको छ ।

संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउन लागिएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार भएको छलफलमा न्यौपानेलाई समिति सभापति बनाउने निर्णय भएको हो ।

यसअघि सभापति रहेका रामहरि खतिवडाले राजीनामा दिएपछि उनको स्थानमा न्यौपानेलाई पठाउने निर्णय गरेको हो ।

समिति सभापतिका लागि आज मनोनयन र भोलि मतदान हुने छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise