काठमाडौंः उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत आपूर्तिको माग दिन प्रतिदिन बढिरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल सौर्य विद्युत उत्पादक संघको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकारले विद्युतकामार्फत हरेक नागरिकको घरमा उज्यालो दिनुपर्ने कार्य पुर्याउन नसकेको नेपालमा सौर्य विद्युत उत्पादनमार्फत विद्युत आपूर्ति हुनु राम्रो कुरा भएको बताए । उनले सरकारले सिंचाई गर्न नसकेको ठाउँमा सिञ्चित गरेर सौर्य उर्जामार्फत पम्पिङहरु गरेर त्यस्ता ठाउँमा सिचाइँ गरेर योगदान दिनु सकारात्मक पक्ष रहेको पनि बताए । विद्युतको आवश्यकता एकातिर दिनानुदिन बढिरहेको र अर्कोतिर चुनौती पनि बढिरहेको उल्लेख गरे ।
विद्युतको मागअनुसार सम्बोधन र व्यवस्थापन गर्न आवश्यक रहेको बताए । व्यवस्थापनका लागि आवश्यक गृहकार्य हुन नसकेको पनि बताए । विद्युत उत्पादनलाई हरेक नागरिक र मुलुकको आय आर्जनसँग जोड्ने गरी सरकारले काम गरिरहेको पनि बताए । सरकारले १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै यो लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।
मन्त्री खड्काले भने, ‘नेपालमा सौर्य विद्युत उत्पादनमार्फत नेपाल सरकारले विद्युतकामार्फत हरेक नागरिकको घरमा उज्यालो दिनुपर्ने कार्य पुर्याउन नसकेको अर्थात ग्रिड नपुगेको ठाउँमा विकट ठाउँहरुमा यस संघको महत्वपूर्ण भूमिका रहेको छ । विद्युतको आवश्यकता एकातिर दिनानुदिन बढिरहेको छ । अर्कोतिर चुनौतिहरु सँगसँगै थपिरहेको छ । वातावरणीय असरका कुराहरु छन् । त्यसको सम्बोधन र समाधान गर्दै अघि बढ्नुपर्नेछ । हाम्रो विद्युत उत्पादनलाई हरेक नागरिकको आय आर्जनसँग जोड्ने गरी, मुलुकको आय आर्जनसँग जोड्ने गरी काम गरिरहेको छ । त्यसकारणले सरकारले निश्चित लक्ष्य लिएको छ । १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत पुर्याउने र त्यसलाई सबै घर पुर्याउने, त्यसबाट विक्री गर्ने, मुलुकलाई र नागरिकलाई आयआर्जनसँग जोड्ने उद्देश्यका साथ सकारले काम गरिरहेको छ ।’
मन्त्री खड्काले वातावरणीय असर र चुनौतीहरु कायम रहेको भन्दै त्यसलाई समाधान गर्न सबै मिल्नुको विकल्प नरहेको बताए । विद्युतको खपत, उपयोग भरपर्दो र सुरक्षित गर्नुपर्ने चुनौती रहेको बताए ।