२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

बहुविवाहलाई मान्यता दिने बहसबारे गृहमन्त्री- 'कानुनमा खराब कुरा आउँछन् भन्ने आशंका नगर्नुस्'

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते १२:४७
बहुविवाहलाई मान्यता दिने बहसबारे गृहमन्त्री- 'कानुनमा खराब कुरा आउँछन् भन्ने आशंका नगर्नुस्'

काठमाडौं : गृहमन्त्री रमेश लेखकले कानुनमा खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्न आग्रह गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्अन्तर्गतको विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले विधेयक समितिसँग मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारणसम्बन्धी कानुन गरी पाँच वटा विधेयकमा संशोधनको प्रस्ताव भएको बताए ।

बहुविवाहका सम्बन्धमा आएको संशोधनको व्यवस्था, विवाहको उमेरसम्बन्धी व्यवस्था, अग्रिम जमानतसम्बन्धी व्यवस्था र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संविधानकै व्यवस्था कुनैपनि सजायको माफी, मुलतवी अथवा दण्ड सजायको परिवर्तनसम्बन्धी व्यवस्थालगायतका केही व्यवस्थाहरुमा थप छलफल गरेर संशोधन परिमार्जन गर्नुपर्ने देखिएको उनले बताए ।

गृहमन्त्री लेखकले बैठकले बहुविवाहसम्बन्धी व्यवस्था, विवाहको उमेरसम्बन्धी व्यवस्था, अग्रिम जमानतसम्बन्धी व्यवस्था र कैद जरिबानाको मुलतवी माफी परिवर्तनसम्बन्धी व्यवस्थाहरुमा थप छलफल गर्नुपर्ने र संशोधन र परिमार्जन गर्नुपर्ने देखिएको हुनाले विधेयक समितिमै उपसमिति बनाएर समस्या समाधान गर्नेगरी अघि बढ्ने निर्णय भएको बताए ।

उपसमितिले सम्बन्धित मन्त्रालयको राय सल्लाह लिएर र अरु पनि आवश्यक छलफल गरेर विधयकलाई संशोधन, परिमार्जन गरेर अघि बढाइने उनले बताए । बहुविवाहलाई मान्यता दिने कानुन सरकारले ल्याउन लागेको भन्दै चौतर्फी विरोध भएको थियो । तर सरकारले विधेयक समितिबाट संशोधन र परिमार्जन गरी अघि बढ्ने गृहमन्त्री लेखकको भनाइ छ । 

गृहमन्त्री लेखकले बहुविवाहसम्बन्धी कानुनबारे आम नागरिकको चासो रहेको भन्दै त्यसलाई विधेयक समितिले सम्बोधन गरेर  कानुनलाई परिमार्जन गरिने बताए । कानुन मन्त्रालयसमेत रहने गरी विधेयक समितिको सचिवले समन्वय गर्ने गरेर उपसमिति बनाइएको र त्यसमा कानुन मन्त्रालय, कानुन आयोग र महान्यायाधिवक्ताको उपस्थितिमा संशोधन हुने उनले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise