२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

सरकारले बहुविवाह गर्न दिन खोज्नु प्रतिगमन होः सांसद शर्मा

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते १४:२३
सरकारले बहुविवाह गर्न दिन खोज्नु प्रतिगमन होः सांसद शर्मा

काठमाडौंः नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले बहुविवाहलाई कानुनी मान्यता दिनेगरी सरकारले कानुनी प्रवन्ध गर्न लागेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएकी हुन् । संविधान प्रदत महिला अधिकार र नेपाल पक्षराष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय सन्धी महासन्धी विपरित सरकारले देवानी संहिता २०७४ को धारा १७५ लाई संशोधन गर्न खोज्नु गलत भएको बताइन् । उनले बहुविवाहालाई कानुनी मान्यता दिनेगरी कानुन मन्त्रालयले गरिरहेको तयारी ठिक नभएको बताइन् ।

सांसद शर्माले भनिन्– ‘जनयुद्ध जनअन्दोलन र सबैखाले महिला आन्दोलनका प्राप्त उपलब्धिमाथि सरकारले जसरी प्रहार गर्दैछ । यो महाप्रतिगमन हो । यसकाप्रति घोर आपत्ति व्यक्त गर्दछु । यस सम्बन्धि प्रतिगमनकारी विधेयक अघि नबढाउन ध्यानाकर्षण गर्दछु ।’

सांसद शर्माले प्रतिगमनलाई आफूहरुले नस्वीकार्ने समेत स्पष्ट पारिन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise