२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

किर्गिस्तानमा घन्कियो मादल, बाँसुरी र सारङ्गी, नेपालको गौरवपूर्ण प्रस्तुति

shivam cement
मध्यान्ह
२०८२ साउन २० गते १३:४१
किर्गिस्तानमा घन्कियो मादल, बाँसुरी र सारङ्गी, नेपालको गौरवपूर्ण प्रस्तुति

काठमाडौं : किर्गिस्तानको चोल्पोन-अटे शहरमा सम्पन्न ‘रुह-सनत’ विश्व परम्परागत संस्कृति र संगीत मेलामा नेपालले गौरवपूर्ण सांस्कृतिक प्रस्तुति दिएको छ । नेपालका तर्फबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपले सो मेलामा मादल, बाँसुरी, सारङ्गीलगायत नेपाली मौलिक वाद्ययन्त्रहरूद्वारा दर्शकको मन जितेको हो ।

किर्गिस्तानको मन्त्रिपरिषद् र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा अगस्ट १ देखि ३ तारिकसम्म चोल्पोन-अटेमा सम्पन्न उक्त अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा ५० भन्दा बढी मुलुकका कलाकारहरूको सहभागिता रहेको थियो । मेलामा सहभागी देशहरूले आफ्ना मौलिक वाद्ययन्त्र, गीत, नृत्य र सांगीतिक प्रस्तुति दिएका थिए ।

नेपालबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख डा. आरसी कोइराला ‘रामचन्द्र’को नेतृत्वमा किर्गिस्तान पुगेको टोलीमा वरिष्ठ वाद्यवादक धनेश्वर तिवारी, वरिष्ठ बाँसुरीवादक राम भुजेल, वरिष्ठ गायिका तथा मादलवादक रिता कुमारी बुढाथोकी र वरिष्ठ सारङ्गीवादक खुम केसी सहभागी थिए ।

धनेश्वर तिवारीको वाद्यवादन, राम भुजेलको बाँसुरीको मधुर धुन, खुम केसीको सारङ्गीको भावुक स्पर्श र रिता बुढाथोकीको मादलको गतिशील तालले कार्यक्रमको माहोललाई नै नेपाली बनाएको थियो । कार्यक्रमका प्रमुख अतिथि किर्गिस्तानका संस्कृति मन्त्री समेत नेपाली टोलीको प्रदर्शनबाट यति प्रभावित भए कि रिता बुढाथोकीको मादल वादनमा उठेर विशेष सम्मानसमेत प्रकट गरेका थिए ।

रिता बुढाथोकी उक्त मेलामा मादल वादन गर्ने एकमात्र महिला कलाकार थिइन्, जसले नेपाली महिलाको सांस्कृतिक प्रतिभा अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली ढंगले प्रस्तुत गरेकी हुन् ।

कार्यक्रमकै अवसरमा समूह प्रमुख डा. आरसी कोइरालाले किर्गिस्तानका संस्कृति मन्त्रीसहित आयोजक निकायका प्रमुखहरूसँग भेटघाट गर्दै नेपाल–किर्गिस्तानबीच सांस्कृतिक पर्यटन प्रवर्धनका सम्भावनाहरूबारे छलफल गरेका थिए । उनले भविष्यमा सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा संयुक्त सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने धारणा समेत व्यक्त गरे ।

तीन दशकभन्दा बढी समयदेखि नेपाललाई विश्वसामु चिनाउने उद्देश्यले सक्रिय रहँदै आएको एभरेष्ट नेपाल कल्चरल ग्रुपले यसपटकको किर्गिस्तान प्रस्तुतिमार्फत पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली संस्कृति र पहिचानलाई उजागर गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise