२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

पहिरोले स्वास्थ्यचौकीमा क्षति

shivam cement
मध्यान्ह
२०८२ साउन १९ गते १५:०८
पहिरोले स्वास्थ्यचौकीमा क्षति

गुल्मीः गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ । चन्द्रकोट गाउँपालिका–१ दिब्रुङ्ग स्वास्थ्य चौकीमा पहिरोबाट क्षति पुगेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार आइतबार राति पहिरोले स्वास्थ्यचौकीको सुत्केरी स्याहार कक्ष पूर्ण रुपमा पुरिएको छ । यसबाट सेवा प्रभावित बनेको छ । 

स्थानीय, स्वास्थ्यकर्मी, प्रहरीलगायतको सक्रियतामा पहिरो हटाउने काम भइरहेको र सुत्केरीका लागि स्वास्थ्यचौकीमै व्यवस्थापन गर्ने व्यवस्था गरिएको  वडाध्यक्ष घनश्याम खरेलले जानकारी दिए । 

त्यसैगरी वर्षाको कारण चन्द्रकोट गाउँपालिका–८ मा चार जनाको परिवार जोखिममा परेको छ । मजुवाका अमरबहादुर कुमालको ढुङ्गा माटोले बनेको दुईतले कच्ची घर जोखिममा परेपछि उनीहरु छिमेकीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ ।  

ADV

सम्बन्धित खबर

Advertise