काठमाडौंः बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुख कार्यालयमा पुगेकाे छ । मुख्यमन्त्री लामाको राजीनामा पत्र सोमबार उनका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख कार्यालयमा पुगेर बुझाएका हुन् ।
लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजिनामा पत्र बुझाएका हुन् । आइतबार मुख्यमन्त्री लामाले राजीनामा दिने घोषणा गरेका थिए ।