२०८२ वैशाख ३० गते मङ्गलवार / May 13 , 2025 , Tuesday
२०८२ वैशाख ३० गते मङ्गलवार
Ads

रेसुङ्गामा विद्युतीय चुल्हो वितरण

सुमन महतरा
२०८१ असार २८ गते २१:१७
रेसुङ्गामा विद्युतीय चुल्हो वितरण

गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ मा विद्युतीय चुल्हो वितरण गरिएको छ । गत वर्ष तीन सय तीस घर परिवारलाई विद्युतीय चुल्हो वितरण गरिएको थियो । यस वर्ष ९० वटा चल्हो वितरण गरिएको  वडा अध्यक्ष दुर्गा प्रसाद खनालले जानकारी दिए । 

नगरपालिकाले विद्युतीय सामग्रीको प्रयोग बढाउने ग्यास चुलो जस्तो आयतित बस्तुहरुलाई हटाउन हरेक घर र संघसंस्थालाई विद्युतीय चुल्हो वितरण गरिएको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।

देशमै उत्पादन भएको विद्युत खपत गर्ने र राज्यको ढुकुटी देशमै खर्च गर्ने कार्यक्रमलाई अगाडि बढाउन उनले सबैलाइ आग्रह गरे । यो कार्यक्रम नियमित रुपमा सञ्चालन हुने उनको भनाइ छ । 

ADV

सम्बन्धित खबर