२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

झोलुंगे पुल बनेपछि विद्यार्थीलाई आवतजावतमा सहज

shivam cement
मध्यान्ह
२०८२ असार ५ गते ०८:२९
झोलुंगे पुल बनेपछि विद्यार्थीलाई आवतजावतमा सहज

दाङ : दाङको राप्ती गाउँपालिका-९ सिमले र बंगलाचुली गाउँपालिका-८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज भएको छ ।

बर्खामा खोलामा पानीको बहाव बढ्दा विद्यार्थीलाई आवतजावत गर्न समस्या भएको थियो । राप्ती गाउँपालिका-९ स्थित देवी आधारभूत विद्यालय मसरी डाँडाका विद्यार्थी पानी परेका बेला घरमै बस्नुपर्ने बाध्यता थियो ।

“खोला तर्न नसक्दा पढाइ छुट्थ्यो । अहिले पुल बनेपछि ढुक्कसँग विद्यालय जान सकिने भएको छ,” कक्षा ६ मा अध्ययनरत सुस्मिता राना मगरले भने । त्यहाँका ५० भन्दा बढी विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत छन् । पुल बनेपछि वर्खामा पनि विद्यार्थी नियमित रूपमा पढ्न जाने गरेका  कक्षा ६ मा अध्ययनरत भीमबहादुर गाहा मगरले बताए ।

विद्यार्थीलाई मात्रै होइन, त्यहाँका स्थानीयलाई पनि पुल बनेपछि सहज भएको छ । त्यहाँ करिब १९५ घरधुरीको बसोबास रहेको छ । कोही बिरामी पर्दा पनि पुल नहुँदा बाढीले छेक्ने गरेको राप्ती गाउँपालिका-९ का वडाध्यक्ष रिमबहादुर सुनारीले बताए ।

अहिले त्यहाँ ११२ मिटर लामो पुल निर्माण भएको छ । संघीय सरकारको रु. ४३ लाख ४८ हजार र राप्ती गाउँपालिकाको रु. १८ लाख तथा स्थानीयको रु. एक लाख २५ हजार बराबरको श्रमदानबाट उक्त पुल निर्माण भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise