२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

धवलशमशेर राणालाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश

shivam cement
मध्यान्ह
२०८२ असार २ गते १८:५३
धवलशमशेर राणालाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

यसअघि प्रहरीले अनुसन्धान सकेपछि राणालाई स्वास्थ्य उपचारका लागि हाजिर जमानीमा छाडेको थियो । तर, त्यसयता उनी प्रहरीले खोजी गर्दा सम्पर्कमा थिएनन् ।

राणा सोमबार बिहान स्वयं अदालतमा उपस्थित भएका थिए । सोही दिन उनको बयान लिइएपछि थुनछेक बहससमेत भएको थियो । अदालतले बयानपछि उनीमाथि लागेका आरोपको आधारमा धरौटी माग गर्दै रिहा आदेश दिएको हो ।

२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि राणासहित ५० जनाविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत अपराध अन्तर्गत मुद्दा दायर गरिएको थियो । तीमध्ये राणा थुनछेक आदेश हुने ४०औं प्रतिवादी हुन् ।

यसअघि अदालतले सोही घटनामा संलग्न भन्दै ३२ जनालाई धरौटीमा रिहा गरेको थियो भने दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । राणासँग अहिलेसम्मको सबैभन्दा बढी ३ लाख रुपैयाँ धरौटी माग गरिएको हो ।

उता, सोही घटनामा राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र भने अझैसम्म अदालतमा उपस्थित भएका छैनन् ।

ADV

सम्बन्धित खबर

Advertise