दम्माम : ‘नेपालका लागि नेपाली’भन्ने मूल नाराका साथ स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत साउदी अरब क्षेत्रीय समन्वय समितिहरूका अधिवेशनहरू भव्य रूपमा सम्पन्न भएका छन् । यी अधिवेशनहरूबाट नयाँ नेतृत्व सर्वसम्मत तथा निर्विरोध रूपमा चयन गरिएको छ ।
शुक्रबार दम्मामस्थित होलिडे होटलमा सम्पन्न पूर्वी क्षेत्रीय समन्वय समितिको नवौं अधिवेशनले धनकुमार लामाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा अनमोल ठकुरी, कोषाध्यक्षमा सी.बी. पाटा मगर र सह–अध्यक्षान पासाङ शेर्पा निर्वाचित भएका छन् । निर्वाचन समिति सदस्य पदम बहादुर महतका अनुसार अन्य सदस्यहरू पनि चयन गरिएका छन् ।
यसअघि दुई कार्यकाल (२०२१–२०२३ र २०२३–२०२५) सफलतापूर्वक सञ्चालन गरेका निवर्तमान अध्यक्ष विष्णु प्रसाद भण्डारीले नेतृत्व हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष भण्डारीले गरेका थिए । प्रमुख अतिथिको रूपमा एनआरएनए एनसीसी साउदी अरबका पूर्वअध्यक्ष तथा नेपाली दूतावास, रियादका जनसम्पर्क अधिकारी नारायण पासवान, विशिष्ट अतिथिमा पूर्व अध्यक्ष तेज थापा, वर्तमान अध्यक्ष रविना अर्याल, र एनसिसि सल्लाहकार तथा संरक्षक मण्डलको उपस्थिति रहेको थियो ।
यसैबीच गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति रियाद (आरसीसी रियाद) को दोस्रो अधिवेशन महेश घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । अधिवेशनबाट जितेन्द्र थपलिया निर्विरोध अध्यक्षमा चयन भएका छन् । कार्यसमितिमा राजु बराल उपाध्यक्ष, देवेन्द्र विश्वकर्मा सचिव, अभिषेक खरेल सह–सचिव, मिनप्रसाद अधिकारी कोषाध्यक्ष, तुलसी दवाल सह–कोषाध्यक्ष र प्रधून्न तिमल्सिना प्रवक्तामा चयन भएका छन् ।
साथै, जगजीवनराम, नरेश महरा, मुस्कान शर्मा, बमबहादुर सार्की, धीरज बिक, रोशन बस्नेत, कृष्णमाया हुमागाई, अनिल राणाभाट, मनोज भारती, गोपालप्रसाद आचार्य, र रोशनी श्रेष्ठ सदस्यका रूपमा निर्वाचित भएका छन् ।
यस्तै एनआरएनए क्षेत्रीय समन्वय समिति जेद्धाको निर्वाचनबाट दण्डपाणी अर्याल अध्यक्षमा निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा चिरञ्जीवी बस्नेत, देवराज अर्याल सचिव, कृष्ण कुमार थापा सह–सचिव, लक्ष्मण रोकाया कोषाध्यक्ष, र मोहनराज गुरुङ सह–कोषाध्यक्षका रूपमा चयन भएका छन् ।
सन्तोष खड्का, प्रितम खड्का, र गोबिन्द बहादुर दियाल सदस्यका रूपमा निर्वाचित भएका छन् ।
आरसीसी आरसिसि अल कासिमको छैठौं अधिवेशन तथा श्रमिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनले विनोद खड्काको अध्यक्षमा नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको छ । नयाँ कार्यसमितिमा बिर बहादुर तामाङ उपाध्यक्ष, सिद्धिलाल श्रेष्ठ सचिव, कृष्ण लोहनी सह–सचिव, चिरञ्जीवी अर्याल कोषाध्यक्ष, अली उर्सिन मिया सह–कोषाध्यक्ष, र मोहन जंग क्षेत्री युवा संयोजक चयन भएका छन् । धन कुमार आचार्य, जीवन तामाङ, राकेशराज ठाकुर, किरण मोक्तान, र गुरु भट्टराई सदस्यमा निर्वाचित भएका छन् ।
यस्तै गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजान–आभा–खमिसको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शंकर पौडेल निर्विरोध अध्यक्षमा चयन भएका छन् । कार्यसमितिमा सन्तोष परियार र रबिन श्रेष्ठ उपाध्यक्ष, डम्बर खड्का सचिवमा चयन भएका छन् ।