२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

छत्रदेव गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सुर्य प्रसाद भुसाल
२०८२ जेठ ३० गते २१:०३
छत्रदेव गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

अर्घाखाँची : छत्रदेव गाउँपालिका अर्घाखाँचीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाले हरेक क्षेत्रमा अब्बलता हासिल गर्ने क्रम अन्तर्गत  तोकिएको उमेर समूहका बालबालिकाहरुलाई खोप सुनिश्चितता भएको भेटिएपछि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख तथा खोप समन्वय समितिका संयोजक जिवनारायण कोइरालाले पूर्ण खोप सुनिश्चितता  पालिका  घोषणा गरेका हुन् । 

योसँगै छत्रदेव गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा हुने अर्घाखाँचीको पहिलो स्थानीय सरकार भएको छ ।

कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख कोइरालाले छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।  अर्घाखाँचीको छत्रदेव गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासँगै जिल्लालाई घोषणाको कार्यले सार्थकता पाउन थालेको जनाउँदै आगामी दिनमा पनि खोपको कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको समन्वय प्रमुख कोइरालाले जोड दिए ।

खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोप लगाउनका लागि अभिभावकलाई सचेत बनाउन सबैको भूमिका महत्वपूर्ण रहने छत्रदेव गाउँपालिकाका अध्यक्ष  श्रेष्ठले  बताए । 

गाउँपालिका का ८ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको  छत्रदेव गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए । गाउँपालिकाले  दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरदैलो सर्वेक्षण गरी बैशाखमा खोज र खोप अभियान चलाएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए । 

घरधुरी सर्वेक्षणको प्रतिवेदनमा भेटिएका शुन्यदेखि १५ महिनाका २ सय ८९ जना  १६ महिनादेखि २३ महिनासम्मका  २१६  र २४ देखि ५९ सम्मका ६७८ जनालाई खोप लगाएको सुनिश्चिततापछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छत्रदेव गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा सूचना अधिकारी बुद्धि न्यौपानेले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर