दोहा, कतार : कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा नेपाली रक्तदाता संघ कतारको समन्वय तथा कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्थाहरूको संयुक्त आयोजनामा "बृहत् रक्तदान कार्यक्रम" सम्पन्न भएको हो ।
शुक्रबार बिहान ८ बजेदेखि मध्याह्नसम्म चलेको कार्यक्रममार्फत ३८ जनाले रक्तदान गरेको जानकारी संघका का.वा अध्यक्ष छविलाल भट्टराईले मध्यान्ह दैनिकलाई दिए ।
रक्तदाताहरूलाई संघले कदर पत्रद्वारा सम्मान गरेको थियो । रक्तदान जस्तो पुण्यको कार्यमा उल्लेख्य उपस्थित जनाउनु हुने तथा दाताहरूलाई भट्टराईले संस्थागत धन्यवाद तथा आभार प्रकट गरेका छन् । कार्यक्रममा नेपाली राजदूतावासका प्रथम सचिव कृष्ण कुमार सुबेदी सहित कतारमा स्थापित संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतकाहरुको उपस्थिति रहेको थियो ।