२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

मोटरसाइकल आपसमा ठोकिँदा स्ववियु सभापतिसहित दुई जनाको मृत्यु

Nada
२०८२ भदौ ११ गते ०८:५३
Shares
मोटरसाइकल आपसमा ठोकिँदा स्ववियु सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौँ : दोलखाको भीमेश्वरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

ncell

गए राति करिब नौ बजे भीमेश्वर नगरपालिका-६ स्थित रमिते डाँडामा बा. ५३ प ८८९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति २४ वर्षीय सिरिस बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा च्छोरोल्पा अस्पताल चरिकोटमा मृत्यु भएको हो ।

बस्नेत भीमेश्वर नगरपालिका वडा नम्बर-५ माटीका स्थानीय बासिन्दा हुन् । उनले चलाएको मोटरसाइकलमा बैतेश्वर गाउँपालिका-३ मिर्गे घर भएका २६ वर्षीय श्याम बहादुर खत्री पनि सवार थिए। दुर्घटनामा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौँबाट चरिकोट जाँदै गरेका बस्नेतले चलाएको मोटरसाइकल लामो साँघु जिरी सड्क खण्डमा बा.प्र.०२-०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा भएको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका-५ बस्ने २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

ताजा खबर

सम्बन्धित खबर