२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

झापामा पिकअप भ्यान र मारुती ठोक्किँदा एक जनाको मृत्यु, चार जना घाइते

shivam cement
मध्यान्ह
२०८२ भदौ ११ गते ०७:४६
झापामा पिकअप भ्यान र मारुती ठोक्किँदा एक जनाको मृत्यु, चार जना घाइते

काठमाडौँ : झापाको कन्काई नगरपालिका-८, बिरिङ पुलमा पिकअप भ्यान र मारुती भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार राति ८:४० बजे पूर्वपश्चिम राजमार्गमा मंगलवार दुई वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा सुरुंगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट गइरहेको मे १ च ३४४० नम्बरको मारुती भ्यान ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मारुती भ्यानका चालक शिवसताक्षी–७ का २९ वर्षीय नवराज बाँस्कोटालाई तत्काल उद्धार गरी बीएन्डसी अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।

सोही भ्यानमा सवार पुनमदेवी साह, प्रसन्न साह, छोरी प्रन्सा साह र सोही ठाउँका पृथ्वीनाथ साह घाइते भएका छन् । घाइते चारैजनाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि पिकअप चालक सुमन पौडेल र दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise