काठमाडौं : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।
रास्वपा र राप्रपाको विरोधबिच शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रस्टीकरण दिँदै लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नताबारे प्रचार भएका कुरामा कुनै सत्यता नरहेको जिकिर गरे ।
उनले आफूविरुद्ध नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले, राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको उल्लेख गरे ।
यता गृहमन्त्री लेखकलाई बोल्न दिइएपछि रास्वपा र राप्रपाले बेल घेराउ गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र छानबिनको माग गर्दै उनीहरुले बेल घेराउ र नाराबाजी गरेका हुन् ।