२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

सिन्डिकेटविरूद्व संघद्वारा मलेसिया सरकारको ध्यानाकर्षण 

मध्यान्ह
२०८२ जेठ ३० गते ०८:१६
सिन्डिकेटविरूद्व संघद्वारा मलेसिया सरकारको ध्यानाकर्षण 

काठमाडौँ :  नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सिन्डिकेटविरूद्व मलेसिया सरकारको ध्यानाकर्षण गराएको छ । 

बिहीबार संघको एक प्रतिनिधिमण्डलले नेपालस्थित मलेसियन दूतावासका प्रमुख मोहम्द फिर्दोस अजमानसँग भेट गरी सिन्डिकेटका सम्बन्धमा ध्यानाकर्षण गराएको हो । 

दूतावासले सिन्डिकेटविरूद्व नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विरोध र र मागको विषय मलेसिया सरकारसमक्ष पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

उक्त भेटमा दूतावास प्रमुख अजमानले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने र सीमित व्यक्तिहरूको पक्षपोषण गर्ने गरी एकाधिकारको पक्षमा दूतावास नरहेको बताए । उनले मलेसिया सरकारसमक्ष संघको आधिकारीक धारणा पठाउने प्रतिबद्वता जनाएको संघका महासचिव महेश कुमार बस्नेतले जानकारी दिए ।

दूतावासले दिने अन्य सेवाहरू र गर्ने सम्पूर्ण नियमित कामहरू अझ छिटो, छरितो र चुष्तदुरुस्त गराउने विषय पनि उठाएको र दूतावासले सोहीअनुसार आश्वासनसमेत दिएको संघले बताएको छ । 

अध्यक्ष भूवनसिं गुरूङको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलमा महासचिव बस्नेत, कोषाध्यक्ष धनु सिञ्जाली, कार्यसमिति सदस्य रेखा शर्मा र सुवर्ण लामा सहभागी रहेका थिए ।

ADV

सम्बन्धित खबर