काठमाडौंः नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई सिरिज खेल्ने भएको छ । नेपालले सेप्टेम्बर २७, २८ र ३० मा वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई सिरिज खेल्ने भएको हो । खेल संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा हुनेछ ।
नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक टी–२० सिरिज खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)ले आज विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डलाई ऐतिहासिक टी–२०आई सिरिजमा सहकार्य गरेकोमा धन्यवाद दिएको छ।