काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले २०८४ को निर्वाचन उथलपुथल हुने दाबी गरेका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्ष भट्टराईले कांग्रेस, एमाले र माओवादीबिच भएको खुट्टा तानातानका कारण झन् नाङ्गिएर जाने दाबी गरे ।
‘आगामी वर्ष उथलपुथलको वर्ष हुने नै छन् । पुराना दलहरू आ–आफ्ना खुट्टा तानातान गरेका छन् । पोल खोलाखोल गरिराखेका छन् ।
आगामी दिनमा त्यो झन् बढ्दै जानेछ’, उनले भने, ‘मुख्य तीन दलका तीन नेताहरूको चर्तिकला झन् बढी नाङ्गिने छ । त्यसअर्थमा यो वृहत् नयाँ वैकल्पिक शक्तिहरू ध्रुवीकरणको प्रक्रिया पनि आगामी दिनमा अगाडि बढेर जान्छ भन्ने मेरो विश्वास छ ।’