२०८२ जेठ २७ गते मङ्गलवार / Jun 10 , 2025 , Tuesday
२०८२ जेठ २७ गते मङ्गलवार
Ads

बीएमडब्लू आईएक्सटू ईभी एसएभी अब नेपालमा

मध्यान्ह
२०८२ जेठ २६ गते २२:०५
बीएमडब्लू आईएक्सटू ईभी एसएभी अब नेपालमा

काठमाडौं : नेपालमा बीएमडब्लू गाडीको आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्लू आईएक्सटू ईभी एसएभी (स्पोट्र्स एक्टिभिटी भेहिकल) भित्र्याएको छ । बीएमडब्लूले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै नयाँ बीएमडब्लू आईएक्सटू ईभी एसएभी नेपालमा सार्वजनिक गरेको हो । 

यस गाडीले अधिकतम १५० किलोवाट÷२०४ हर्स पावर (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (प्रारम्भिक अनुमान अनुसार) रहेको छ । कम ऊर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ किलोवाट आवर्स) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कष्ट रोजाइ प्रदान गर्ने लक्ष्मी प्रिमियमले जनाएको छ ।

यसले २५० एनएम टर्क उत्पादन गराई ८.६ सेकेन्डमा शून्यदेखि १०० किमी÷घण्टाको गतिमा पुग्न सक्छ । यसको अधिकतम गति १७० किमी/घण्टा रहेको छ । तीनकुनेमा रहेको आफ्नो शोरूमबाट लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्लू एक्स वान, एक्स टु, एक्स थ्रीलगायतका जस्ता मोडलहरू उपलब्ध गराइरहेको जनाएको छ ।

ADV

सम्बन्धित खबर