२०८२ जेठ २७ गते मङ्गलवार / Jun 10 , 2025 , Tuesday
२०८२ जेठ २७ गते मङ्गलवार
Ads

ज्योतिका ग्राहकलाई होटेल मार्काेपोलोमा छुट

मध्यान्ह
२०८२ जेठ २६ गते २२:०३
ज्योतिका ग्राहकलाई होटेल मार्काेपोलोमा छुट

काठमाडौं : ज्योति विकास बैंकका ग्राहकले काठमाडौंको हात्तीसारस्थित ‘होटेल मार्काेपोलो’ को सेवामा छुट पाउने भएका छन् । बैंक र होटेलबीच बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा खाना तथा रूम चार्जमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।

हालै बैंकले ललितपुरस्थित ‘बेक्ड एण्ड सभ्र्ड’ मा १२ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । साथै, बैंकले काठमाडौंस्थित ‘भ्यू थी हन्ड्रेड सिक्सटी थ्री डिग्री रिसोर्ट’ र ललितपुरस्थित ‘प्याराडाइज हिल्स’ मा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

ADV

सम्बन्धित खबर